सुर्खेतरोडको पुष्पलालचोकमा विरूवा खाँदै पशुचौपाय । तस्वीर सौजन्यः नेपालगन्ज ग्यालरी
नेपालगन्ज : नेपालगन्जको सुर्खेतरोडमा तामझामका साथ वृक्षारोपण गरिएको बर्षदिन पुगेको छैन् ।
ग्रीन नेपालगन्जका नाममा लाखौं सरकारी रूपैयाँ खर्चेर पुर्वमन्त्री ईस्तियाक राई र नेपालगन्ज उपमहानगरपालिकाले सुर्खेतरोडमा बिरूवा रोपेर अभियान शुरू गरेका थिए । उनीहरू अभियान त तत्कालिन अवस्थामा राम्रै देखिएको थियो ।
तर, त्यसरी रोपिएकामध्ये अहिले सुर्खेतरोडमा आधाबढी विरूवा छैनन् । गाईगोरू र बाख्राले विरूवा खाएर सखाप पारिसकेको अवस्था छ । तर, लाखौं खर्चेर ग्रीन नेपालगन्ज निर्माणको अभियान शुरू गरेका सम्बन्धीत निकाय अहिले ती विरूवा संरक्षणमा उदासिन देखिएका छन् । विरूवा संरक्षणमा नत राईको ध्यान गएको छ ।
नत उपमहानगरपालिका नत आफूलाई महान ठान्ने वेमौसमी अभियन्ताको नै ध्यान जान्छ । यसको संरक्षण, सम्बद्धन गर्ने जिम्मेवारी कसको ? कहाँ छन् वेमौसमी बाजा बजाउँने अभियन्ताहरू ?