आधारभूत तहको परीक्षा आजबाट


आधारभूत तहको परीक्षा आजबाट

नेपालगन्ज:नेपालगन्ज उप–महानगरपालिकामा आज (बिहिवार)देखि आधारभूत तहको परीक्षा शुरु भएको छ ।

कक्षा ८ को आधारभूत तहको परीक्षामा ७५ वटा विद्यालयका दुई हजार ७ सय ८० परीक्षार्थी सहभागी हुने नेपालगन्ज उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापाले जानकारी दिए ।

बिश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) का कारण नेपालगन्जमा पूर्व निर्धारित तालिका भन्दा एकसाता छिटो परीक्षा सञ्चालन भएको हो ।

परीक्षालाई शान्तिपूर्ण र मर्यादित ढंगबाट सञ्चालन गर्न सम्पूर्ण तयारी पुरा गरिएको उप–महानगरपालिकाले जनाएको छ ।

यसपटक नेपालगन्जमा आधारभूत परीक्षा सञ्चालन हुने विद्यालयमा दुई मदरसा, २६ सामुदायिक विद्यालय र अन्य संस्थागत विद्यालय रहेका छन् ।