आर्दशका विद्यार्थीद्वारा खाद्यवस्तु सहयोग


आर्दशका विद्यार्थीद्वारा खाद्यवस्तु सहयोग

नेपालगन्जः नेपालगन्जस्थित आदर्श उमाविका विद्यार्थीहरु पढाईमा मात्र हैन, अतिरिक्त क्रियाकलापमा पनि अब्बल सावित भइरहेका छन् ।

विद्यालयका कक्षा ३,४,५ र ९ का विद्यार्थीले ‘अपसेन्ट फि’ अर्थात कक्षा अनुपस्थिती लगायतको विभिन्न शिर्षकबाट रकम संकलन गरि जेष्ठ र असहाय ब्यक्तिहरुलाइ खाद्यवस्तु तथ लत्ताकपडा प्रदान गरेका हुन् ।

यसरी संकलन गरेको रकमबाट ६ हजार बराबरको बिभिन्न खाद्यवस्तु आईतबार निलसागर बृद्धाआश्रममा उपलब्ध गराइएको सह प्रधानाध्यापक टंक गौतमले जानकरी दिए । यस अघि पनि बिद्यालयले स्वास्थ्य शिविर, सरसफाई लगायतका सचेतता र सहयोगि कार्यक्रम गर्दै आएको छ ।