File Photo
नेपागन्ज: कोरोना भाइरसको उच्च जोखिम रहेको नेपालमा २५ जना भन्दा बढी भेला हुन नपाउने भएकाछन् ।
सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन यस्तो आग्रह गरेको हो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, आवातजावत र हिडडुल नगर्न सर्वसाधरणलाई अपील गरेको छ ।
त्यसैगरी सांस्कृतिक, सामाजिक कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन पनि प्रतिबन्ध लगाईएको छ ।