बैशाख १८ सम्म सरकारले यी कुराहरु बन्द गरायो


बैशाख १८ सम्म सरकारले यी कुराहरु बन्द गरायो

नेपालगनज: कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेकोछ ।

समितिको बैठकले देशभरका सबै सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ्ग पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लब आदीलाई २०७७ साल बैशाख १८ गते सम्म बन्द गर्न निर्देशन दिएकोछ ।

यस सम्बन्धी सुचना गृहमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने गरि कार्यविभाजन गरिएको छ । यसैबीच नेपालगन्जस्थित क्यूएफएक्स सिनेमा हल बन्द गरिएकोछ ।