होटल रेष्टूँरा लगायतलाई सरकारको यस्तो निर्देशन


होटल रेष्टूँरा लगायतलाई सरकारको यस्तो निर्देशन

नेपालगन्ज: कोभिड–१९ को जोखिमा रहेको नेपालले एकाएक सर्तकतालाई आक्रमक रुपमा अघि बढाएकोछ ।

नेपालमा कोभिडको संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिसकेकोछ ।

सोही बैठकले देशभरका होटल, रेष्टुरन्ट तथा सपिङ्ग महलका सञ्चालकहरुलाई हात सफा गर्ने सेनिटाईजर लगायत सफाईका सामाग्रीहरुको प्रबन्ध गरी टेबल कुर्सी, बार रेलिङ्ग र शौचालय आदी स्थानहरुमा नियमित रुपमा डिसइन्सेक्सन गर्न लगाउने निर्णय बैठकले गरेको छ ।