हवाईमार्गबाट नेपाल आउन प्रतिबन्ध


हवाईमार्गबाट नेपाल आउन प्रतिबन्ध

File Photo

नेपालगन्ज: कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले हवाईमार्गबाट नेपाल आउने सवैदेशका नागरिकलाई प्रतिबन्ध लगाएकोछ ।

सरकारले युरोपका सबै मुलुकहरु, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट नेपाल आउने सबै यात्रुहरुलाई प्रतिबन्ध गरेको हो ।

सरकारको यो प्रतिबन्ध अन्तरिम हो । २० मार्च अर्थात् चैत ७ गते देखि लागु हुने यो प्रतिबन्ध आगामी १५ अप्रिल अर्थात् बैशाख १८ गते सम्मका लागि कायम हुनेछ ।

सरकारले आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेसगैं युरोपियन मुलुक इटालीमा कोरोना संक्रमित बढ्दै गएका बेला नेपाल सरकारले युरोपका मुलुकहरु संगै अन्य संक्रिमत मुलुकबाट आउने नागरिकलाई समेत रोक लगाउने निर्णय गरेको हो ।

यसअघि विदेशी नागरिकले कोरोना संक्रमण मुक्त रहेको स्वास्थ्य प्रमाणपत्र अनिवार्य गर्दै सेल्फ क्वारेन्टायनमा बस्नुपर्ने व्यवस्था गरेको थियो ।