File Photo
नेपालगन्ज: कोभिड–१९ को संक्रमण हुन सक्ने भन्दै सरकारले देशभरी पालिकाहरुलाई सजग र सचेत हुन निर्देशन दिएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले नगारिकलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै पालिका तहमा सरसफाई गर्न निर्देशन दिएको हो ।
समितिले सार्वजनिक महत्व र मानिसहरु बढी जमघट हुने स्थानहरु महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाले दैनिक रुपमा निश्चित समयको अन्तरालमा सरसफाई गर्न भनेको छ ।
जसका लागि संघीय सरकारले प्रदेश सरकारलाई समन्वय गर्न निर्देश दिदैं सजग र सचेत हुन बताएको हो ।