ड्रिमल्याण्ड स्कुलमा सेनाका छोराछोरीलाई निःशुल्क छात्रवृत्ति


ड्रिमल्याण्ड स्कुलमा सेनाका छोराछोरीलाई निःशुल्क छात्रवृत्ति

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २०, राँझामा रहेको ड्रिमल्याण्ड स्कुलले निःशुल्क छात्रवृत्ति दिने भएकोछ । नेपाली सेनाका छोराछोरीलाई ड्रिमल्याण्डले निःशुल्क छात्रवृत्ति दिने भएको हो ।

बाहलवाला र अवकास प्राप्त नेपाली सेनाका छोराछोरी निःशुल्क छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले नेपाली सेना र ड्रिमल्याण्ड स्कुलबीच शैक्षिक सहयोग एवम् सहकार्य गर्न सम्झौता गरिएकोछ ।

सम्झौता अनुरुप नेपाली सेनाका छोराछोरी निःशुल्क ड्रिमल्याण्ड स्कुलमा पढ्न पाउने स्कुलका प्रध्यानाध्यापक बामदेव न्यौपानेले बताए ।
उनका अनुसार श्री भैरवप्रसाद गण राझाँ र ड्रिमल्याण्ड स्कुलको सहकार्यमा छात्रवृत्ति व्यवस्था गरिएको छ ।

श्री भैरवप्रसाद गणका तर्फबाट सहसेनानी चेतन पौडेल र ड्रिमल्याण्ड स्कुलका तर्फबाट प्रध्यानाध्यापक न्यौपानेबीच सम्झौता आदनप्रदान गरिएको हो ।

न्यौपानेका अनुसार २०७७ सालदेखि यो छात्रवृत्ति लागू हुनेछ । यो छात्रवृत्ति ६ कक्षादेखि १० कक्षासम्म पड्ने विद्यार्थीका लागि प्रदान गरिने छ । जसअनुसार नयाँ शैक्षिक शत्रमा ३५ जनाका लागि छात्रवृत्ति कोटा छुट्याइएको न्यौपानेले बताए । छात्रवृत्तिका लागि स्कुललेनै विद्यार्थी छनोट गर्ने उनले बताए ।

सैनिकका छोराछोरीलाई राम्रो शिक्षादीक्षा प्रदान गराउनुनै यस कार्यक्रमको उद्देश्य रहेको सह सेनानी चेतन पौडेलले बताए । उनले नेपाली सेनाले सेनाका छोराछोरीका लागि सञ्चालन गरेको शैक्षिक कार्यक्रमअन्तर्गत ड्रिमल्याण्ड स्कुलसँग सहकार्य गरेर छात्रवृत्तिको व्यवस्था गरिएको बताए ।

उनका अनुसार नेपाली सेनाले सेनाका छोराछोरीका लागि कही स्कुल बनाएको छ भने स्कुल बनाउन नसकिने स्थानमा यसरी नै सहकार्य गरेर छात्रवृत्ति प्रदान गर्ने गरेको छ । हाल बाँके जिल्लाका सातवटा विद्यालयमा सेनाको सहकार्यमा सेनाका सन्ततिका लागि छात्रवृत्तिको व्यवस्था गरिएको पौडेलले बताए ।