कोरोना प्रभावः प्रदेशसभा बैठक स्थगित


कोरोना प्रभावः प्रदेशसभा बैठक स्थगित

मोरङ:प्रदेश एकको प्रदेशसभा बैठक स्थगित भएकोछ । प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

बिहीबार विराटनगरस्थित प्रदेशसभा बैठकपछि सामाजिक विकास मन्त्री जीवन घिमिरेले तत्कालका लागि प्रदेशसभाको बैठक स्थगित भएको जानकारी दिए ।

कोरोना भाइरस (कोविड–१९)का कारण मन्त्रालयले प्रदेश–एकका विभिन्न स्थानमा सुरक्षाको तयारी गरेको जनाएका मन्त्री घिमिरेले हिउँदे अधिबेशन स्थगित भएको बताए ।