कोरोनाले फनपार्कलाई फनफनी घुमायो


कोरोनाले फनपार्कलाई फनफनी घुमायो

नेपालगन्ज: कोरोनाले बाँकेको फनपार्कलाई फनफनी घुमाएकोछ । फनपार्क सञ्चालनको मिति नजिकिदै जाँदा विश्वभर कोरोना प्रभाव बढ्दा बाँकेमा सञ्चालन अवस्थमा रहेका र निर्माणाधिन फनपार्कले सञ्चालन मिति कुर्नुको विकल्प छैन ।

बाँकेमा गर्मी बढ्दै गइरहेको बेला जिल्लामै पहिलो पटक सञ्चालनमा आउने तयारीमा रहेका नेपालगन्जका फनपार्क प्रभावित बनेकोछ । विश्वब्यापी संक्रमणका रुपमा फैलिएको कोरोना भाइरसका कारण निर्माण कार्य सम्पन्न भएका बाँकेका फनपार्क सञ्चालन मिति लम्बिएकोछ ।
योसगैं आफ्नै क्षेत्रमा रहेको फनपार्कमा रमाइलो गर्न र मज्जा लिन यसक्षेत्रका सर्वसाधरणले केही समय कुर्नुपर्छ ।

कोरोना संक्रमण भित्रिन नदिन भन्दै सरकारले फिल्म हल, मनोरन्जस्थल लगायतका क्षेत्र सञ्चालनमा रोक लगाएपछि बाँकेका सञ्चालन अवस्थामा आएका र निर्माणाधिन तीनवटा फनपार्कको ओपनिङ्ग मिति पछि धकेलिएको छ ।

बाँकेको कोहलपुर (हवलदारपुर) मा सञ्चालन मिति कुरेर बसेको मानसरोवर होली डे इन सन्चालन हुन अब केही समय अरु कुनुपर्नेहुन्छ । मानसरोवर होली डे इनका सञ्चालक सदस्य बासु भण्डारीले कोरोना भाइरसको प्रभावका कारण फनपार्क सञ्चालन मिति लम्बिएको बताउँदै अवस्था सामान्य बने लगत्तै सञ्चालन हुने बताए ।

बाँकेमा मानसरोवर होली डे इन प्रालिले हवलदारपुर, वन्डरल्याण्ड प्रालिले राँझा र नेपालगन्ज एक्वा फनपार्कले नेपालगन्ज उपमहानगरपालिका –१४ स्थित भवानीयापुरमा ‘फन पार्क’ निर्माण गरिरहेका छन् ।