नेपालगन्ज: विश्वब्यापी महामारी बनेको कोभिड–१९ का कारण देशभरका सबै अदालत बन्द गरिने भएकोछ । सर्वोच्च अदालतमा प्रधानन्यायधीशको अध्यक्षतामा बसेको बैठकले देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि लागुहुने गरि दुई साताका लागि बन्द हुने भएका छन् ।
सरकारले कोरोनाविरुद्धको लडाइँमा आफ्नो सबै शक्तिकेन्द्रित गरेका बेला संसदसमेत स्थगित भइसकेकाले न्यायपालिकाले पनि जोखिम मोल्न नचाहेको हो ।
यसअघि नै नेपाल बार एशोसियशनले सम्पूर्ण सुनुवाई स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले देशभरका अदालतहरु आगामी चैत्र २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । यद्यपी बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारबाही रोकिने छैन ।