नेपालगन्ज: विश्वब्यापी माहामारी बनेको कोरोना भाइरसका कारण इटालीमा मात्रै ६ सय २७ जनाले ज्यान गुमाएकाछन् ।
गत २४ घण्टामा कोरोना भाइरसका काण इटलीमा ६ सय २७ जनाले ज्यान गुमाएका हुन् । योसँगै कोरोना भाइरसका कारण संसारभरि नै ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ७६ पुगेको छ ।
ईटलीमा हालसम्म ४७ हजार २१ जनालाई कोरोना भाइरसको संक्रमण छ । एएफपीका अनुसार योसँगै इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ ।
चिनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेमा इटली पहिलो नम्बरमा छ । यस्तै दोस्रोमा चिन रहेकोछ ।
यद्यपी नेपालमा भने अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएकोछैन । केही समय पहिले एकजना कोरोना भाइरसको संक्रमणमा परेका थिए । उनी अहिले निको भएकाछन् । यद्यपी कोरोनाको संक्रमण देशभर फैलन सक्ने भन्दै सरकारले सावधानी अपनाएकोछ ।