नेपालगन्जः नेपालगन्ज उद्योग वाणिज्य संघले बिपद्कालिन राहत कोष स्थापना गरेको ।
संघले कोरोना संक्रमणविरुद्ध आवश्यक तयारीका लागि भन्दै शुक्रबार ‘बिपद्कालिन राहात कोष’ निर्माण गरेको हो । उक्त कोषमा संघको तर्फबाट एक लाख १ हजार १ सय ११ र संघका पदाधिकारी तथा कार्य समितिका सदस्यको व्यक्तिगतबाट एक लाख १४ हजार ६ सय रुपैयाँ गरि संघले दुई लाख १५ हजार ७ सय ११ रुपैयाँ समेत जम्मा गरेको छ ।
ग्लोबल आईएमई बैंकमा खाता खोलेर संघले राहात कोष कार्यान्वयन गरेको संघका महासचिव चिरञ्जिबि ओलीले बताए । संघले उद्योगी व्यवसायी, सामाजिक क्षेत्र एवम् विभिन्न पेशागत संघ, संगठनलाई आर्थिक सहयोग गर्न समेत आह्वान गरेको महासचिव ओलीको भनाईछ ।
महासचिव ओलीले भने– कोषमा जम्मा भएको रकम कोरोना भाइरसविरुद्ध खर्च गर्नेछौं त्यसको विवरण सार्वजनिक गर्नेछौं ।’
आर्थिक सहयोग गर्न चाहाने उद्योगी, व्यवसायीले ग्लोबल आईएमई बैंक, त्रिभुवनचोक शाखामा रहेको चल्ती खाता नं. २१०१०१०००८६६ मा रकम जम्मा गर्न सक्नेछन् ।