नेपालगन्ज: कोरोना आशंकित ६ जनालाई शुक्रबार जमुनाहबाट भेरी अस्पतालमा रिफर गरिएकोछ ।
बाँकेका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले स्वास्थ्य चेकजाँचका क्रममा १०१.४ डिग्रीभन्दा बढी ज्वोरो देखिएपछि ६ जनालाई भेरीमा रिफर गरिएको बताए ।
जमुनाहमा स्वास्थ्य चेकजाँचका क्रममा भारतबाट नेपाल आउनेहरुमा कोरोनासंग मिल्ने लक्षणहरु देखिएपछि ती ६ जनालाई भेरी अस्पतालमा रिफर गरिएको अधिकृत चन्दले जानकारी दिए । तर, भेरी अस्पतालमा कोरोना भाइरसको ल्याब टेस्ट गर्ने मेसिन भने छैन ।