कोरोना विरुद्ध दशगजामा नेपाली र भारतीय सुरक्षाकर्मीको संयुक्त लडाई


कोरोना विरुद्ध दशगजामा नेपाली र भारतीय सुरक्षाकर्मीको संयुक्त लडाई

कोरोना विरुद्ध दशगजामा शनिबार संयुक्त गस्ती गर्दै स्वास्थ्यकर्मी, नेपाली र भारतीय सुरक्षाकर्मी । तस्विर: दामोदर भण्डारी /सेतोखरी

नेपालगन्जः नेपालगन्ज–रुपैडिहा नाकाको दशगजा क्षेत्रमा नेपाल प्रहरी, भारतीय सीमा सुरक्षा बल(एसएसबी) र स्वास्थ्यकर्मीको टोलीले संयुक्त गस्ती गरिरहेकोछ ।

नेपाल प्रहरी तर्फ जमुनाह प्रहरी ईन्चार्ज सई माधव रिजालले नेतृत्व गरेका थिए भने भारतर्फ लखिमपुरका एसएसबी डिआईजी अभिषेख पाठकले नेतृत्व गरेका थिए ।

टोलीमा शसस्त्र प्रहरी वल राजश्व तथा भन्सार गस्ती नम्बर ४० गुल्मका प्रमुख शसस्त्र प्रहरी नायब उपरीक्षक नबराज बोहरा, भारत अगैयाका बटालियन कमाण्डर एसपी प्रबिण कुमार लगायको टोलीले स्थलगत अनुगमन गरेको हो ।

शनिबार विहान जमुनाह नाका भएर पूर्वक्षेत्रतर्फ दशगजामा स्वास्थ्यकर्मी सहितको सुरक्षाकर्मीको टोलीले संयुक्त गस्ती गरेको थियो । जमुनाह नाकामा भारतर्फ भारतीय सुरक्षाकर्मी र नेपालतर्फ नेपाली सुरक्षाकर्मीले एक देशबाट अर्को देशमा ओहोरदोहोर गर्नेलाई कडाईका साथ चेक जाँच थालेपछि चोर बाटो भएर सर्वसाधरण ओहोरदोहोर थालेकाले दशगजामा संयुक्त गस्ती थालिएको हो ।

जमुनाह नाकाबाट पूर्वीतर्फ खुला सीमानामा नेपालबाट ओहोरदोहोर गर्ने तीनवटा बाटो भएकाले ती बाटोबाट ओहोरदोहोर रोक्नका लागि दुवैदेशका सुरक्षाकर्मीले शनिबारदेखी कडाई गरेकाछन् ।

खुला तीनवटा चोरबाटोबाट लुकेर सर्वसाधरण नेपाल–भारत ओहोरदोहोर गर्न थालेपछि कोरोना लागेका ब्यक्तिहरुको पहिचान होउन भनेर दुवैदेशका सुरक्षाकर्मीले निगरानी बढाएको जमुनाह प्रहरी इन्चार्ज सइ माधव रिजाल बताए ।

जमुनाह नाकामा चेकजाँचमा कडाई गरेपछि ती तीनवटा बाटोबाट लुकीछिपी ओहोरदोहोर गर्नेको ताँती रहेकोछ । विषेशगरि विहान भारतबाट साईकल र मोटरसाईकलमा नेपालगन्जमा मजदूरी गर्न आउने र बेलुका नेपालगन्जदेखि फर्कनेहरु बढिरहेकाछन् ।