नेपालगन्ज हुदै दाङ्ग गएका २६ भारतीय फिर्ता


नेपालगन्ज हुदै दाङ्ग गएका २६ भारतीय फिर्ता

नेपालगन्ज :भारतबाट नेपालगन्ज हुँदै दाङ गएका २६ जना भारतीय नागरिकलाई फिर्ता पठाइएकोछ । दाङ्गको तुलसीपुर जान लागेका २६ जना भारतीय नागरिकलाई फिर्ता पठाइएको हो ।

शनिवार नेपालगन्जबाट तुलसीपुरतर्फ जादै गरेका बसमा सवार उनीहरुलाई सोधपुछ गर्दा भारत हुदै नेपाल आएको खुलेपछि फिर्ता पठाइएको हो ।कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भर्खरै भारतको नानपारादेखि आएको खुलेपछि उनीहरुलाई फिर्ता पठाइएको हो ।

उनीहरुले बिजौरीका विभिन्न ईट्टाभट्टामा काम गर्न तुलसीपुर आएको बताएका थिए । तर, उनीहरुले आफूहरुको घर नेपालगन्ज भएको बताए पनि स्थायी ठेगाना नखुलेपछि फिर्ता पठाइएकोहो ।

कोरोना भाइरसको जाँचका लागी स्थापना गरिएको हेल्थ डेस्क तुलसीपुर–१३, दमारगाउँबाट उनीहरुलाई फिर्ता पठाईएको छ । विशेषगरी भारतको नाकासँग जोडिएको जिल्ला भएकाले नेपालगन्जदेखि तुलसीपुर आउने यात्रुहरुका लागी दमारगाउँ र हवाई यात्रा प्रयोग गर्नेहरुलाई लक्षित गदै टरिगाउँ एयरपोर्टमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

पछिल्लो समय भारतमा कोरोना भाइरसको प्रकोप बढेसर्गै नेपाल आउनेको संख्या बढेर गएकोछ । कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने भन्दै भारतका विभिन्न ठाँउबाट नेपालीसहित भारतीय नागरिकहरु पनि धमाधम नेपाल भित्रिरहेका छन् ।

कोरोना भाइरस प्रकोप बढेको भारतबाट नेपाल आउने संख्या दिनानुदिन बढ्दै गएपछि नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेकोछ । यसरी नेपाल आउनेहरुलाई नेपालगन्जका भन्सारमा सहीरुपमा चेकजाँच हुदैन ।

जसको ज्वलन्त उदाहरण हो २६ जना भारतीयलाई दाङ्गबाट फिर्ता पठाउनु । कोरोना भाइरसको उच्चा जोखिम भएको सीमानाकाका जिल्लाहरुमा स्वास्थ्य जाँचका लागि गरिने लापरबाही तथा सर्वसाधरणको आवागमन पूर्ण रोक नलगाएसम्म कोरोना भाइरसको जोखिमबाट बच्न सकिदैन ।

यकातिर भारतबाट नेपालीहरु स्वेदश आउन नसकेको अवस्थामा ठूलो मात्रमा नेपालगन्ज नाकाभएर दाङ्ग जाने भारतीय नागरिकको यो हिम्मतले नेपालको शान्ति सुरक्षा तथा सरकारको कोरोना भाइरसविरुद्धको तयारीप्रति प्रश्न उठेकोछ ।

उनीहरुले भने अनुसार ईट्टा भट्टामा काम गर्न गएका हुन भने पनि उनीहरुमा कोरोना भाइरसको संक्रमण थियो या थिएन कसले जिम्मेवारी लिन्छ ? यदि उनीहरु कोरोना संक्रमणित हुन भने नेपालगन्जदेखि दाङ्ग पुग्दासम्म उनीहरुले प्रयोग गरेका सवारी साधन, उनीहरुको प्रत्यक्ष सम्र्पकमा आएका ब्यक्ति लगायत नेपाली जनता संक्रमणको जोखिममा रहेको प्रष्ट छ ।