४५ मिनेटमै कोरोना भाइरस पहिचान


४५ मिनेटमै कोरोना भाइरस पहिचान

नेपालगन्ज: विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको पहिचान अब ४५ मिनेटमै लाग्ने भएकोछ ।

कोराना परीक्षणमा भइरहेको ढिलाई, गलत परीक्षण र नयाँ परीक्षणका लागि आवश्यक केमिकलको अभाव भइरहेका बेला कोरोना परीक्षणको नयाँ विधि पत्ता लागेको हो ।

अमेरिकी औषधि तथा खाद्य प्रशासन (एफडीए) ले ४५ मिनेटभित्रै कोभिड–१९ पहिचान हुने नयाँ विधिलाई स्वीकृत प्रदान गरेसगैं अब ४५ मिनेटमै कोरोना भाइरस लागेको हो वा होइन पत्ता लाग्छ ।

क्यालिफोर्नियास्थित सेफिड कम्पनीले कोभिड–१९ पत्ता लगाउने गरी नयाँ परीक्षण गरेको थियो । सोही परीक्षणले शनिबारबाट मान्यता पाएको छ । ८ दिनअघिमात्रै स्विस बहुराष्ट्रिय कम्पनी रोचेद्वारा गरिएको कोरोना परीक्षणले स्वीकृत पाएको थियो । रोचेको परीक्षणअनुसार ३ घण्टाभित्र कोरोना पहिचान हुनसक्छ ।

कोराना परीक्षणमा भइरहेको ढिलाई, गलत परीक्षण र नयाँ परीक्षणका लागि आवश्यक केमिकलको अभाव भइरहेका बेला सेफिडको परीक्षणले ती समस्या चिर्ने अपेक्षा गरिएको छ ।

सेफिडको टेस्ट आगामी साताबाट अस्पतालहरुमार्फत सुरु हुनेछ । तर, एफडिएले आपत्कालिन स्विकृत दिनुको अर्थ सबै ठाउँमा यसको प्रयोग गर्न सकिन्छ । यसअघि अमेरिकाले अन्य देशको तुलनामा निकै ठूलो आफ्ना नागरिकको परीक्षण रिपोर्ट सार्वजनिक गरेको थियो ।