कोरोनाको कहर: सरकारी कार्यालय सुनसान


कोरोनाको कहर: सरकारी कार्यालय सुनसान

नेपालगन्ज: कोरोना भाइरसको संक्रमण बढेसँगै बाँकेका दर्जनबढी सरकारी कार्यालयमा सुनसान छाएको छ ।

अति नै चहलपहल हुने यातायात व्यवस्था कार्यालय, मालपोत तथा नापी कार्यालय, अदालत, नेपालगन्ज उपमहानगरपालिका लगायतका कार्यालयहरू आईतबार सुनसान देखिएका छन् ।

यी कार्यालयले सरकारको निर्णइ पालना गर्दै बाँकेले आफ्ना सबै सेवाहरु बन्द गरो छन् । सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गर्दै सेवाहरु बन्द गरेसँगै सयौंको भीड हुने यी कार्यालय सुनसान भएका हुन् ।

सरकारले एकै ठाउँमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएसँगै अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवाहरु बन्द गरिएको यातायात कार्यालय बाँकेका अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिएका छन् । अधिकृत खत्रीका अनुसार चैत २१ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवाहरु बन्द गरिएको हो ।

थप जानकारी तथा सेवाहरु सूचारु हुने सम्बन्धमा कार्यालयको आधिकारिक सूचनाको प्रतिक्षामा रहन अधिकृत खत्रीले आग्रह गरेका छन् । साथै कार्यालयले सेवाग्राहीहरुमा संयमित रहन अनुरोध गर्दै स्वस्थ र सुरक्षित जीवनशैलीको कामना गर्दै कोरोना भाइरसविरुद्ध एकजुट हुन पनि आग्रह गरेको छ ।