File Photo
नेपालगन्ज: कोहलपुर नगरक्षेत्रलाई एक महिनाका लागि लकडाउन गरिने भएकोछ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई रोक्न सोमबारदेखी १ महिनासम्मका लागि कोहलपुरलाई लकडाउन गर्ने निर्णय भएको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले जानकारी दिए ।
आईतबार कोहलपुर नगरपालिकाको समन्वयमा बसेको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । लकडाउन अवधिभर कोहलपुर नगरक्षेत्रभित्रका सम्पूर्ण पसल ब्यवसाय बन्द हुने भएका छन् ।
नगरबासीको सुबिधाका लागि हरेक दिन बेलुका ४ बजेदेखी ६ बजेसम्म खाद्यान्नका पसलहरु भने सञ्चालन गरिनेछ । यसबाहेक मेडिकल, अस्पताल र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरु पनि सञ्चालनमा आउने छन् । यद्यपी लकडाउनको समयमा छोटो दुरीका सवारी साधन संचालनमा आउने भएका छन ।
यो सगैं नगरपालिकाले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको विपद ब्यवस्थापन समितिको बैठकमा नगर स्वास्थ्य शाखा प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, मेडिकल कलेजका प्रतिनिधि, ईलाका प्रशासन कार्यालयका प्रमुख तथा ईप्रका कोहलपुरका प्रमुख लगायतको सहभागिता रहेको थियो ।