पत्रिका बन्द गर्न आव्हान


पत्रिका बन्द गर्न आव्हान

नेपालगन्ज: कोरोनाको जोखिम बढेसगैं कञ्चनपुरबाट प्रकाशित हुने पत्र–पत्रिका बन्द गर्न आव्हान गरिएकोछ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरले उक्त आव्हान गरेको हो । महासंघका अध्यक्ष विष्णु अवस्थीले आज प्रेस विज्ञप्ती जारी गरेर कोरोना भाइरसको महामारीबाट बच्न सो आव्हान गर्दै धर्यता र संयमित हुन सवैलाई आग्रह गरेका छन् ।

पत्रिका प्रकाशनमा कागजको अभाव, छापाखानाका कामदारसमेत क्वारेण्टाइनमा बस्नुपर्ने भएकाले महामारीको प्रभाव नरोकिँदासम्म पत्रपत्रिका बन्द गर्न आव्हान गरिएको हो ।

प्रेस विज्ञप्तीमार्फत अध्यक्ष अवस्थीले पत्रपत्रिकाको काम बन्द गरी घरमै क्वारेण्टाइनमा रहन र घरबाटै सामाजिक सञ्जाल तथा अनलाइनमार्फत समाचार सम्प्रेषण गर्न अनुरोध गरेका छन् ।