नेपालगन्ज: कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन लगाइएको लकडाउन सफल बनाउन नेपालगन्ज उपमहानगरपालिकाले आग्रह गरेकोछ ।
लकडाउन अवधिभर सम्पूर्ण नगरबासीहरू सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसी महामारी विरुद्धको यो अभियानमा सहयोग गर्न नेपालगन्ज उपमहानगरपालिकाकी उपमेर उमाथापा मगरले आग्रह गरेकीछन् ।
उनले बाँके जिल्ला कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै जिल्लाबासीमा अनुरोध गर्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेकी हुन् ।
उनले जिल्लाका ८ वटै पालिका तहमा स्थानीय तहले कोरोना भाइरसका लागि हेल्थ डेस्क राखेर काम भइरहेको र पालिका तहमा कोरोना भाइरस सम्बन्धि फोकल पर्सन तोकिएको बताउदै शंकास्पद भेटिएमा नजिकका फोकल पर्सनसगं समन्वय गर्नुपर्ने बताईन ।
लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न सक्ने भन्दै उपमेयर थापाले सोझै मेयर, उपमेयर तथा वडाध्यक्षहरुको मोवाइलमा सम्पर्क गर्न आग्रह गरिन् ।
उनले विहान मात्र नेपाल–भारत सीमामा फेरिपनि सयौं संख्यामा नेपाली आएकाछन्, उनीहरुको खाना र पानीको ब्यवस्था मिलाएको बताउदै उपमेयर थापाले भनिन्–‘नगरबासीका लागि आवश्यक पर्ने खाद्यान्न, तरकारी र औषधी लगायतका सामान सुलभ तरिकामा उपलब्ध गराउनका लागि बाँके प्रशासनसंग समन्वय भइरहेको बताईन ।
‘लकडाउनका बेला सर्वसाधरणलाई अत्यावश्यक सामान खरिद गर्न विहान वा साँझ कुन समय उपयुक्त हुन्छ त्यो समयमा एक घरबाट एकजनालाई बढीमा २ घण्टाका लागि छुट दिने की भन्ने प्रस्ताव राखेको छु, अझै त्यो निर्णय भएको छैन’– उपमेयर थापाले थपिन् ।
यस्तै उपमेयर थापाले नेपालगन्ज उपमहानगरपालिकाभित्र वा जिल्लाका अन्य कुनै ठाउँमा कसैलाई कोरोनाको शंका लागे आफ्ना पालिकाका अध्यक्षहरुलाई तत्कालै फोन गर्न आग्रह गरिन् ।