नेपालगन्जः कोरोनाको सक्रमण बढ्दै गएपछि बाँकेमा कर्फ्यू लगाउनुपर्ने माग आइरहेको छ । सरकारले लकडाउन र बाँके प्रशासनले जनता कर्फ्यू घोषणा गरेपनि नेपालगन्ज र आसपासमा यसको कार्यान्वयन देखिदैन् ।
बाँके प्रशासनको चरम लापरबाही र प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहको उदासिनताका कारण पछिल्लो समय बाँके जिल्ला कोरोनाको उच्च जोखिममा देखिएको छ । बाँके प्रशासनले आफैले गरेको निर्णय सतप्रतिशत कार्यान्वयन गर्न सकेको छैन् ।
बाँकेको नेपालगन्जमा जनता कर्फ्यू र लकडाउन दुबै लगाइएपनि नेपालगन्जियाहरूले प्रत्येक दिन बेलुका पाँच बजेपछि सरकारको लकडाउन तोडिरहेका छन् । मंगल र बुधबार नेपालगन्जबासीले प्रशासनको उक्त घोषणा तोडेका छन् । दिनभर सुनसान देखिएका नेपालगन्जका सडक मगलर बुधबार बेलुका पाँच बजेपछि भरिभराउ देखिएका थिए ।
तर, पनि बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जनता कर्फ्यू र सरकारको लकडाउन घोषणा तोड्ने विरूद्ध कुनैपनि एक्सन लिन सकेका छैनन् । प्रशासकीय अधिकार प्रयोगमा कमजोर देखिएका सिडिओ खड्काको लापरावहीले बाँकेबासीहरू कोरोनाको महाजोखिममा रहेको जानकारहरू बताउँछन् ।
निर्णय गर्ने तर, उक्त निर्णय कार्यान्वयनमा दख्खल नभएका सिडिओ खड्काकाले आमनागरिक जीवनमाथि खेलबाड तथा कोरोना रोकथामका बिषयमा हेलचक्राई गरिरहेको प्रष्ट देखिएको छ । अधिकार प्राप्त निकायका अधिकारीले सरकारी निर्णय कार्यान्वयन गराउँन उक्त अधिकार प्रयोग गर्नैपर्छ । तर, बाँकेका सिडिओ खड्का आफैले गरेको निर्णयको आफै खिलाप गर्दै छन् ।
बाँकेको प्रशासनिक क्षेत्र कमजोर भएको र लकडाउन तथा जनता कफ्र्यूले नहुँने देखिएपछि यहाँका नागरिक समाज, बुद्धिजीवी, पत्रकारहरूले नेपालगन्जमा कर्फ्यू नै लगाउँनुपर्नेमा जोड दिएका छन् ।
नेकपाका जिल्ला कमिटी सदस्य समेत रहेका प्रमोद धितालले आफनो फेसबुकवाला ‘बाँकेका प्रमुख जिल्ला अधिकारी ज्यू कर्फ्यू लगाउनुहोस् ? भन्दै निर्देशात्मक स्टाटस लेखेका छन् । उनकै स्टाटसमा मेघराज ओलीले ‘यस्तै लापरबाही गर्दा अन्य देशमा स्थिती नियन्त्रण भन्दा बाहिर गएको उहाँलाई थाहा नभएको हो कि ? प्रति प्रश्न गर्दै कर्मेन्ट गरेका छन् ।
उनको स्टाटसमा पुष्प प्रधानले पनि चाँडो भन्दा चाँडो कर्फ्यू लगाउनुपर्ने धारणा राखेका छन् । डक्ट धिताल पनि छिटो कमेन्ट गर्दै प्रकाशनले तत्काल कर्फ्यू लगाउँनुपर्नेमा सहमति जनाउँछन् ।
बाँकेको नेपालगन्जमा स्थानीयले जनात कफ्रर्यू समेत अटेरी गरेपछि अब कर्फ्यू लगाउँनुको विकल्प नभएको बाँकेका बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् । तर, बाँकेका सिडिओ खड्काको डिसिजन पावर अभावमा फास्ट ट्याकबाट काम गर्न नसकिएको सुरक्षा संयन्त्रको समेत गुनासो छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले भने–‘विहीबार दिउँसो अवस्थालाई हेरेर यदि सरकारको लकडाउन यसैगरि नेपालगन्जियाले उल्लङघन गर्दै गएभने विहीबार साँझदेखि बाँकेमा कर्फ्यू लगाउने तयारीमा प्रशासन रहेकोछ ।’
सेतोखरीसंग विशेष कुराकानी गर्दै बुधबार साँझ सिडिओ खड्काले विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको जोखिमबाट बाँकेलाई बचाउन कुनैपनि कसर बाँकी नराख्ने बताएका थिए । उनले –‘यसका लागि बाँके प्रहरी प्रमुखलगायत सुरक्षा संयन्त्रका सवै निकायलाई आफूले निर्देशन दिइसकेको बिहीबार पनि बताएका छन् ।’ उनले भने–‘मान्छे हुन, गोली हान्नु भएन, सम्झाउदा मान्दैनन, अब कर्फ्यूको विकल्प छैन ।’
उनले भने राम्रोसँग सूचना गर्दा नेपालगन्जियाले त्यसको प्रभाह गरेनन् उनीहरुले संक्रमणको यो कठिन घडिमा पार्टीगत बन्द जस्तै लकडाउनलाई सोचेँ, यो त्यस्तो होइन । सिडिओ खड्काका अनुसार कर्फ्यू लगाइएमा अहिले जसरी अत्यावश्यक सामानका लागि घरबाहिर आउन पाइएको छ, पछि त्यो पनि पाइदैन ।