कोरोना जाँच सामाग्री सेनाको हेलिकप्टरबाट नेपालगन्ज ल्याइने


कोरोना जाँच सामाग्री सेनाको हेलिकप्टरबाट नेपालगन्ज ल्याइने

Photo Google

नेपालगन्ज: विश्वब्यापी महामारी बनेको कोरोना भाइरस जाँचका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण लिन नेपाल एयरलाईन्सको जाहाज शनिबार चिनको गोन्जाओ जानेछ ।

जहाज चिनको गोन्जाओ विमान स्थल अवतरण गरिसकेपछि त्यहाँ कलेक्सन गरिएका स्वास्थ्य उपकरणहरु लोड गरि आईतबार नेपाल फर्किनेछ ।
जहाज काठमाण्डौं विमान स्थलमा अवतरण गरिसकेपछि नेपाली सेनाको हेलिकप्टरमा लोड गरि चिनबाट ल्याइएका ती कोरोना भाइरस जाँच उपकरणहरु आईतबार नेपालगन्ज आइपुग्नेछ ।

नेपाल सरकारले आफ्नै खर्चमा उक्त सामग्री ल्याउन लागेको हो । चीन सरकारले अनुदानको रूपमा दिने भनेको स्वास्थ्य सामग्री आउन केही समय लाग्ने भएकोले नेपाल सरकार आफैंले स्वास्थ्य सामग्री ल्याउन लागेको सरकारले जनाएकोछ ।