कोरोनाबाट भारतमा मृत्युदर कति ?


कोरोनाबाट भारतमा मृत्युदर कति ?

नेपालगन्ज: भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या हरेक दिन बढ्दै गइरहेको छ । विरामी बढेसंगै मृत्युदरपनि भारतमा बढ्दो छ ।
केही विरामी निको भएर पनि घर फर्किरहेका छन् । भारतमा कोरोना भाइरसबाट हालसम्म २० जनाको मृत्यु भएको छ । योसगैं भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ प्रतिशत हुन आउँछ ।

कोरोना भाइरसबाट बच्न भारतीय सरकारले लगाएको देशभर लकडाउनका बीच कोरोनाबाट मृत्यु हुनेको संख्या हरेक दिन बढिरहेकोछ । समाचार एजेन्सिले जनाएअनुसार शुक्रबार दिउँसो सम्म कोरोना भाइरसबाट भारतका विभिन्न ठाउँमा गरि २० जनाको मृत्यु भएको हो ।

त्यसैगरि हालसम्म भारतमा ७ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६६ जना निको भएर घर फर्किसकेकाछन् ।
कोरोना लागेका ७ सय ४७ जना मध्ये ६ सय ६१ जना मध्यम खालका विरामी रहेका छन् ।

भारतमा कोरोना लागेको विरामीको संख्या कहिले बढेको देखिन्छ भने कहिले घटिरहेको देखिन्छ । तथ्यांकअनुसार चैत्र ८ गते ८३ जना कोरोनाका नयाँ विरामी फेला परे भने चैत्र ९ गते ६४ जना, १० गते १सय ३ जना, ११ गते ३७ जना, १२ गते १ सय २१ जना, १३ गते ७० जना र १४ गते दिउँसो सम्म २० जना कोरोनाका नयाँ विरामी भेटिएका छन् । कोरोना भाइरसका कारण मृत्यु हुनेमा ५० वर्ष भन्दा माथिका बढी रहेकाछन् ।