नेपालगन्जः कोरोना भाइरस जाँचका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण लिन नेपाल एयरलाईन्सको जाहाज शनिबार चिनको ग्वाङ्जाओतर्फ उडेकोछ ।
नेपाल वायुसेवा निगमको आरए ४१७१ कल साइनको उक्त जहाज मध्याह्न १२ः३१ बजे चिनको ग्वाङ्जाओतर्फ प्रस्थान गरेको हो ।
चिनको ग्वाङ्जाओबाट कोरोना भाइरस जाँचका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण लिएर जहाज आइतबार नेपाल फर्कनेछ । स्वास्थ्य मन्त्रालयले अर्डर गरेअनुसारका सामग्री लिन जहाज चिन प्रस्थान गरेको हो ।
यसअघि चिन सरकारले अनुदानमा स्वास्थ्य सामाग्री नेपाललाई सहयोग गर्ने भनेपनि अनुदान सहयोग पाउन समय लाग्ने भएपछि नेपालले आफै खरिद गरेकोहो ।