File Photo
नेपालगन्जः कोरोना भाइरसको जोखिम बढेसंगै सरकारले लगाएको लकडाउन लम्बिने भएको छ ।
सरकारले लकडाउन (बन्दाबन्दी) कम्तीमा एकसाता लम्ब्याउने तारी गरेको हो । गत मंगलबार ११ गतेबाट सुरु भएको (लकडाउन) बन्दाबन्दी भोली सोमबार सकिँदैछ ।
पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एकसाता लम्ब्याउने तयारी गरेको बुझिएको छ ।
बन्दाबन्दी कम्तीमा एकसाता लम्ब्याउने तयारी रहेको स्रोतको दाबी छ । भारतले २१ दिनसम्म बन्दाबन्दी घोषणा गरेकाले समय गुज्रन बाँकी रहेको हुदाँ त्यसको अध्ययन गरेर नेपालले पनि आवश्यक सतर्कता अपनाउन लागेको स्रोतको भनाइ छ ।
यसबीच, सरकारले गरेको नेपाल लकडाउन र बाँके प्रशासनले गरेको जनता कफ्र्युको आज छैठौं दिन बाँकेमा यसको प्रभाव देखिएकोछ । बाँके प्रशासन र बाँके प्रहरीको सक्रियता बढेसगैं सुरुवाती दिनभन्दा शुक्रबारदेखि लकडाउनको प्रभाव बढि देखिएको हो ।