नेपालगन्ज: कोरोना भाइरसको संक्रमण बढेसगैं पालिका तहमा यसको रोकथाम र पहिचानका लागि कडा अभियान समेत चलाइएकोछ ।
हालसालै विदेशबाट फर्किएका ब्यक्तिलाई सम्बन्धित पालिकाहरुले खोजी–खोजी क्वारेन्टाईनमा राख्ने अभियान नै चलाएकाछन् ।
बाँकेबाट अहिलेसम्म २३ वटा स्याम्पल काठमाण्डैं पठाइएकोछ । त्यसमध्ये सात ओटाको रिपोर्ट नेगेटिभ आएको छ । अरुको रिपोर्ट आउन बाँकी रहेको छ ।
पहिलो स्टेजमा कोरोना संक्रमित देखिएको भनिएकी १९ वर्षिया किशोरीसंग जहाजमा यात्रा गरेका युवाहरुको रिपोर्ट भने अझै आइसकेकोछैन ।