File Photo
नेपालगन्ज:कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले अन्तर्राष्ट्रिय सवै उडान प्रतिबन्धको अवधि लम्ब्याएकोछ ।
सरकारले यसअघि लगाएको प्रतिबन्धको अवधि बढाउदैं आगामी अप्रिल १५ अर्थात बैशाख ३ गतेसम्मका लागि नेपाल आउने सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आईतबार बसेको बैठकले यो निर्णय गरेको हो । सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । तर, यहाँबाट यात्रु लिएर जान खाली विमान आउन सक्छन् ।
यसअघि सरकारले यात्रु लिएर नेपाल आउन प्रतिवनध लगाएपनि केही एयरलाइन्सले अटेरी गरेर विमान ल्याएका थिए । त्यसका कारण ७० भन्दा बढी खरिपाटीको क्वारेन्टाइनमा राखिएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।