नेपालगन्ज: सरकारले चिनबाट ल्याएको स्वास्थ्य उपकरणसहितको सामाग्री लिएर उडेको नेपाली सेनाको स्काई ट्रक बिच बाटोबाटै फर्किएको छ ।
स्वास्थ्य उपकरण सहित काठमाण्डौंदेखि प्रदेश १ र सुदूरपश्चिमका लागि उडेको नेपाली सेनाको स्काई ट्रक बिचबाटोबाटै फर्किएको हो ।
मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर नेपाली सेनाको स्काई ट्रक सोमबार बिहान उडेको थियो । तर, बीचबाटो बाटै फर्किएको नेपाली सेनाले जनाएकोछ ।
उनका अनुसार स्काई ट्रकमा भएको स्यानिटाइजरबाट एक प्रकारको फरक किसिमको गन्ध आएपछि सैनिक पाईलटले विमान फर्काउनु परेको बताइएको छ ।
यद्यपी नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार ‘प्राविधिक समस्या’का कारण विमान फर्किएको जनाएकाछन् ।