२०७७ सालमा दशैं ५ दिन र तिहार ३ दिन विदा


२०७७ सालमा दशैं ५ दिन र तिहार ३ दिन विदा

नेपालगन्ज: २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । भने तिहार मंसिर १ गते परेको छ ।

सरकारले दशैं बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म दिएको छ । भने तिहार बिदा कात्तिक २९ देखि मंसिर १ गतेसम्म दिएको छ । यो सगैं आउने वर्ष दशैं ५ दिन र तिहारमा ३ दिनको सार्वजनिक विदा परेकोछ ।

सरकारले मंगलबार बिहान २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेकोछ । सरकारद्वारा जारी सूचीअनुसार २०७७ सालको दशैं–तिहार जस्ता चाडपर्व केही पछि धकेलिएका छन् ।

२०७७ वैशाख १ गतेदेखि २०७७ साल चैत मसान्तसम्म एक वर्षमा सबै सरकारी कार्यालयहरुको लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण गरेको छ ।

सरकारले पर्व बिदामा नयाँ वर्ष, फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ, क्रिसमस डे, उधौलीलगायतका पर्व बिदा दिएको छ । त्यसैगरी महिला कर्मचारीको लागि भदौ ५ गते शुक्रबार तीज बिदा दिएको छ भने जितिया पर्वमा पनि महिला कर्मचारीहरुको लागि बिदा दिएको छ ।

वसन्त पञ्चमीमा शिक्षण संस्थालाई बिदा दिएको छ । जात्रा बिदामा गाइजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रामा बिदा दिएको छ ।