वीर अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना नेगेटिभ


वीर अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना नेगेटिभ

नेपालगन्ज: वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएकोछ ।

कोरोना भाइरस संक्रमणको त्रासकाबीच वीर अस्पतालमा उपचरार्थ ती महिलाको मृत्यु भएपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट नेगेटिभ आएको हो । योसगैं उनको मृत्यु कोरोना भाइरसका कारण नभएको पुष्टि भएकोछ ।

काठमाण्डौं चन्द्रगिरी नगपालिका, सतुंगलकी ३४ वर्षीया महिलालाई निमोनिया भएको भन्दै उनका परिवारले आईतबार अस्पताल भर्ना गराएका थिए ।