पाटन अस्पतालमा मृत्यु भएका पुरुषको पनि कोरोना रिपोर्ट नेगेटिभ


पाटन अस्पतालमा मृत्यु भएका पुरुषको पनि कोरोना रिपोर्ट नेगेटिभ

नेपालगन्ज: पाटन अस्पतालमा उपचारार्थ मृत्यु भएका पुरुषलाई कोरोना नभएको पुष्टि भएकोछ ।

ज्वरोलगायत समस्या देखिएपछि आईतबार राती अस्पतालको आईसीयूमा भर्ना भएका ती पुरुषको उपचारकै क्रममा सोमबार (हिजो) मृत्यु भएको थियो ।

सोमबार मृत्यु भएका ती पुरुषको कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो । धादिङका ती पुरुष करिब एक साताअघि भारतबाट आएका थिए ।