आन्तरिक हवाई वैशाख ३ गतेसम्म बन्द


आन्तरिक हवाई वैशाख ३ गतेसम्म बन्द

File Photo

नेपालगन्जः कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै आन्तरिक हवाई सेवा बन्द हुने भएकोछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द गर्न परिपत्र गरेकोछ ।

प्राधिकरणको परिपत्रअनुसार अब आन्तरिक तथा बाह्य दुबै उडान १५ अप्रिल अर्थात आगामी वैशाख ३ गतेसम्म नै बन्द रहने छन् ।

यद्यपी कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेका निर्णय लिखित रुपमा सार्वजनिक नभएको र प्राधिकरणबाट मंगलबार मात्र नयाँ परिपत्र भएका कारण वायुसेवा कम्पनी अलमलमा परेका थिए ।