मास्क प्रयोग गर्दा यी कुरामा ध्यान दिनुपर्छ


मास्क प्रयोग गर्दा यी कुरामा ध्यान दिनुपर्छ

नेपालगन्ज: नोभेल कोरोनाभाइरसको संक्रमण बढेसँगै मास्कको प्रयोग पनि बढ्दो छ । त्यसमा पनि चिकित्सक, प्रहरी, सञ्चारकर्मी, विमानस्थल तथा अस्पतालका कर्मचारीहरुले त झन लामो समय मास्क लगाइरहनु परेको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मास्क लगाउने तरिकामा सम्भावित परिवर्तनसहित मास्क प्रयोगकर्ताहरुलाई सुझाव दिएको छ । अमेरिकी सर्जन जनरल डा. जेरोमी अडाम्सले मास्क प्रयोग गर्दा मुख्यरुपमा तीन कुरामा ध्यान दिनुपर्ने सुझाव व्यक्त गरेका छन् ।

जसमा,
–अनुहारमा नछुनुहोस् :

यदि तपाईं अनुहार छोप्दै हुनुहुन्छ भने अनुहारमा नछुनुहोस् । आफूले अनुहार नछोएर मास्क प्रयोग गर्नुपर्छ भन्ने कुरामा निकै ध्यान र्पुयाउनुपर्छ ।

–एन–९५ मास्क प्रयोग नगर्नूहोस् :

यदि तपाईं अनुहार छोप्दै हुनुहुन्छ भने एन–९५ मास्क स्वास्थ्यकर्मीहरुलाई बचाउनुस् । उनीहरुलाई यसको एकदमै ठूलो आवश्यकता छ ।

–घरभित्रै बस्नुहोस् :

आफ्नो अनुहार छोप्दैमा तपाईंले सोसल डिस्टेन्सिङ कायम गरेको मानिने छैन । सबभन्दा ठूलो र उत्तम कुरा भनेको तपाईं घरभित्रै बस्नुहोस् । बाहिर जानैपर्ने भएमा मास्क अनिवार्य प्रयोग गर्नुहोस् ।