खजुराले बनायो राहत सम्बन्धी मापदण्ड


खजुराले बनायो राहत सम्बन्धी मापदण्ड

खजुरा (बाँके): खजुरा गाउँपालिका कार्यपालिकाको तेस्रो आकस्मिक बैठकले राहत सम्बन्धि मापदण्ड पारित गरेको छ । गृह मन्त्रालयको चैत्र १६ गतेको बैठकले निर्देशन गरे बमोजिम मापदण्ड तयार गरि पारित गरेको हो ।

राहत वितरणका लागी वडा कार्यलयले अभिलेख संकलन गर्ने, जनप्रतिनिधि तयार गरिएको उक्त अभिलेखका आधारमा चुलो नबल्ने अवस्थामा रहेकाहरुका लागी राहत वितरण गरिनेछ ।

बैठकलाई सम्बोधन गर्दै गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले कुनै आग्रह पुर्वाग्रह नराखी हातमुख जोड्न नसक्ने अवस्थामा रहेका श्रमिक तथा अति विपन्न असाहयहरुका लागी राहत वितरण गर्न आग्रह गरे ।

गाउँपालिकाले एकद्धार प्रणाली अन्तरर्गत राहत वितरण गर्ने बताउँदै प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल वितरण गरिने बताए ।

बैठकमा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यले राहत वितरणलाई व्यवस्थित गर्ने विषयमा सुझाव दिएका थिए । राहत वितरण सम्बन्धी मापदण्ड अन्तरगत कोभिड–१९, संक्रमण रोकथामका लागी प्राप्त हुने सहयोग स्विकार गर्ने समेत बैठकले निर्णय गरेको छ ।

गाउँपालिकालाई प्राप्त हुने राहत एकद्धार प्रणालि मार्फत स्विकार गर्ने गरि बैठकले पारित गरेको खजुरा गाउँपालिकाका सूचना अधिकृत दील बहादुर पौडेलले जानकारी दिए ।