कोरोना कहर: सहयोगका लागि मेयर राणाको आग्रह


कोरोना कहर: सहयोगका लागि मेयर राणाको आग्रह

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले भारतबाट फर्केका नेपाली नागरिकको सहयोगको लागि एकद्वार प्रणालीमार्फत सहयोग गर्न आग्रह गरेकाछन् ।

नगर प्रमुख मेयर डाक्टर राणाले विहिबार एक विज्ञप्ती जारी गरि नेपाल–भारत जमुनाह स्थित तथा महेन्द्र बहुमुखी क्याम्पसमा रहेको अस्थायी क्वारेन्टाईन रहेका आम नेपालीलाई सहयोग गर्न आग्रह त्यस्तो सहयोग एकद्वार प्रणालीमार्फत गर्न आग्रह गरेका हुन् ।

पाँचदिनदेखि सीमा नाकामा अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई नेपाली भूमीमा रहने ब्यवस्थापन गरिएको बताउँदै मेयर डाक्टर राणाले क्वारेन्टाईनमा रहेका आम नेपाली नागरिकका लागि उचित खानपान, स्वास्थ्य, सरसफाई र खानेपानी लगायत अत्यावश्यक ब्यवस्थापन नेपालगन्ज उपमहानगरपालिकाले गरिरहेको बताए ।

संक्रमणको यस्तो कठिन परिस्थितीमा उपमहानगरपालिकाको एक्लो प्रयासले मात्र नहुने भन्दै नगर प्रमुख डाक्टर राणाले सहयोगका लागि अग्रसर ब्यक्तिगत तथा संस्थागत सवैलाई एकद्वारबाट सहयोग गर्नुपर्ने बताएका हुन् । उनले ती अस्थायी क्वारेन्टाईनमा आम नागरिकहरुलाई आवागमन गर्न बन्देज गरिएको समेत बिहीबार जारी विज्ञप्तीमा उल्लेखछ ।

उनले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सहयोग गर्न खोज्ने ब्यक्ति, संघ–संघ संस्था तथा उद्योगीहरुले सोझै नगर प्रमुख डाक्टर राणाको ९८५८०२०२०२, उपप्रमुख उमा थापा मगर ९८५८०२२०७६ र वरीष्ठ आलेप अधिकृत खीमानन्द अर्याल ९८५८०२२६९० मा सम्र्पक गर्न सक्ने बताएकाछन् ।