सुर्खेत: सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपूरमा ३ जना नयाँ कोरोनाका संक्रमित बिरामी भेटिएपछि कर्णाली प्रदेशको सुर्खेत जिल्लासंग सीमाना जोडिएको चौकुने गाउँपालिका सुर्खेतले हाइअर्लट घोषणा गरेको छ ।
सुर्खेत जिल्ला पश्चिमको चौकुने गाउँपालिका सुदूरपश्चिम प्रदेशसंग सीमाना जोडिएकोले कोरोना संक्रमित सजिलै प्रबेश गर्न सक्ने भएकोले सीमानमा रहेका झोलुंगेपुलहरु, फेरीहरू सञ्चालन बन्द गर्ने निर्णय गर्दै हाई अलर्टको घोषणा गरेको गाँउपालिकाले जनाएको छ ।
सम्पूर्ण गाँउपालिकाबासीहरुलाई कसैको पनि सम्पर्कमा नजान, पाहुना राख्न तथा हुन नजान आग्रह गरिएको गाँउपालिका अध्यक्ष धिरबहादुर शाहीले जानकारी दिए ।
यसैवीच सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले संक्रमण थप फैलिन नदिन लकडाउन अवधि लम्बाउने केन्द्र सरकारलाई सिफारिस गरिएको बताएका छन् ।
लकडाउनको अवधि यही चैत २५ गते सकिँनै लाग्दा सुदुरपश्चिममा ३ जना कोरोना संक्रमित भेटिएपछि लकडाउन लम्ब्याउने सुदूरपश्चिम प्रदेश सरकार लागेको हो ।