File Photo
नेपालगन्ज: कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले लकडाउन अवधि लम्ब्याएर ८ दिन थप गरेको छ ।
बालुवाटरामा बसेको मन्त्रिपरिषद्को बैठकले देशभर लागुभएको लकडाउन अवधि लम्ब्याएर आगामी बैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
योसगैं लकडाउनलाई थप सशक्त र प्रभावकारीरुपमा कार्यान्वयन गर्न सरकारले कुनैपनि कसर बाँकी नराख्ने जनाएकोछ ।