नेपालगन्ज: विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणको जोखिम बढेसगैं निर्मित असहज परिस्थितिका कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरिएकोछ ।
नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उत्पन्न असहज परिस्थितिमा वार्षिक परीक्षा गर्न नमिल्ने भन्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको हो ।
बोर्डले आगामी वैशाख १ गतेदेखि कक्षा ११ र वैशाख ८ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने यसअघि तय गरेको थियो । बोर्डको चैत २२ गते शनिबार बसेको बैठकको निर्णयअनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको छ ।
यस्तै परीक्षा स्थगित भएसगैं बोर्डले देशभरका सवै विद्यार्थी, अभिभावक लगायत आम नागरिकहरु सावधानीपूर्वक रहन र सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ ।