File Photo
नेपालगन्ज: वैशाख ३ गतेसम्म आन्तरिक र अन्तराष्ट्रिय हवाई उडानमा प्रतिबन्ध गरेको सरकारले उक्त समय लम्ब्याएको छ ।
आगामी वैशाख १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडानमा सरकारले प्रतिबन्ध लगाएकोछ ।
कोरोना भाइरस सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । अन्तरिक उडानबारे भने अझै टुंगो लागेकोक छैन ।
सरकारले यात्रु लिएर आउन प्रतिबन्ध लगाएपछि पनि केही एयरलाइन्सले अटेरी गरेर यात्रु ल्याएका थिए । त्यसका कारण ७० भन्दा बढी व्यक्तिलाई खरिपाटीको क्वारन्टिनमा राखिएको छ ।
यतिबेला सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । तर, यहाँबाट यात्रु लिएर जान भने दिइरहेकोछ ।