क्वारेन्टिनमा राखिन्छ, स्वास्थ्य परीक्षण गरिदैन्
नेपालगन्ज: जनस्वास्थ्य कार्यालय बाँकेको निर्देशनलाई यहाँका स्थानीय तह अन्तर्गतका स्वास्थ्य शाखाले नै लत्याएका छन् । यसरी जनस्वास्थ्यको निर्देशन लत्याएर चुपचाप रहँदा बाँकेका स्थानीय तह कोरोना संक्रमणको उच्च जोखिममा देखिएका छन् ।
जनस्वास्थ्यले यहाँका सबै पालिका अन्तर्गतका स्वास्थ्य शाखालाई पालिकास्थित क्वारेन्टिनमा रहेका व्यक्तिको स्वाब परीक्षाणका लागि नमूना पठाईदिन निर्देशन गरेको जनस्वास्थ्य बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठ बताउँछन् । तर, बाँकेका अधिकाशत स्थानीय तहले अहिलेसम्म प्रयाप्त स्वाब नपठाएको उनले बताए ।
उनले भने ‘नमूना पठाउँन निर्देशन दिएका छौं । पालिकाले हाम्रो निर्देशनअनुसार नमूना नै समयमै पठाउँदैनन त हामीले के गर्नु ?’ नगर र गाउँपालिकाले नमूना नपठाएसम्म हामीले परीक्षणका लागि काठमाडौं के पठाउँनु उनले भने ‘पालिकाले पठाएको स्वाब हामीले समन्वय गरेर काठमाडौं पठाईदिने हो । यसका अलवा केही गर्न सकिदैन् । पालिकाबाट जनस्वास्थ्यसम्म नमूना ल्याउने काम पालिकाहरूकै हो ।’ तर, यहाँका पालिकाले स्रोत साधनको अभावमा जनस्वासथ्य कार्यालयसम्म पनि स्वाब पठाउँन नसकेको बताउँदै आएका छन् ।
यसले क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वाब परिक्षण हुन सकेको देखिदैन् । बाँकेमा रहेका आठवटा स्थानीय तहमा दर्जनबढी क्वारेन्टाइन निर्माण गरिएका छन् । यी क्वारेन्टाइनमा दुई सयबढी नागरिकलाई राखिएको छ । तर, उनीहरूको नियमित स्वास्थ्य परीक्षण भने हुन सकेको छैन् ।
कतिपय नागरिकलाई दुई हप्ता क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण बीनै घर फकाउँने गरिएको छ । यसले झनै कोरोना संक्रमणको जोखिम देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार २१ दिनसम्म पनि कोरोनाको लक्ष्यण देखिन सक्छ ।
गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा अहिलेपनि एक सय ३६ जना रहेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य फोकल पर्सन एमडि मोइद खान बताउँछन् । उनकाअनुसार क्वारेन्टिनमा रहेका व्यक्तिको स्वास्थ्यकर्मीले विहान बेलुका सामान्य ज्वरो जाँच गर्ने गरेका छन् ।
नरैनापुरबाट नमूना लिएर नेपालगन्जस्थित जनस्वास्थ्यमा जानका लागि स्रोत साधन अभाव छ । उनले भने ‘जनस्वास्थ्यले कुनै चासो देखाएको छैन । स्रोत साधन पनि दिएको छैन । हामीले कसरी परीक्षणका लागि नमूना पठाउँने ?’ उनकानअुसार नरैनापुरबाट अहिलेसम्म एउटा पनि नमूना परीक्षणका लागि गएको छैन् ।
बाँकेको कोहलपुर नगरपालिकाका साथै राप्तीसोनारी, जानकी, डुडुवा, बैजनाथ गाउँपालिकामा पनि उस्तै समस्या छ । कोहलपुर नगरपालिकामा रहेको क्वारेन्टिनमा अहिले चार जना नागरिक भएको कोहलपुर नगर शाखाका स्वास्थ्य फोकल पर्सन डिल्लीराज पोखरेल बताउँछन् ।
उनकाअनुसार कोहलपुरबाट अहिलेसम्म एउटा पनि परीक्षणका लागि नमूना काठमाडौं गएको छैन् । उनले भने ‘स्रोतसाधनको अभावमा अधिकाशं व्यक्तिको स्वास्थ्य परीक्षण पनि हुन सकेको छैन् । यसले कोहलपुर क्षेपनि कोरोनाको उच्च जोखिममा देखिएको छ ।
जानकीका दलबहादुर राना पालिकामा ३० जना क्वारेन्टिनमा रहेको बताउँछन् । उनी भन्छन्–‘जनशक्ति र स्रोत साधनको अभावले नमूना संकलनमा अप्ठारो परिरहेको छ । एउटै नमूना संकलन गर्न दुई दिन समेत लागेको छ ।’ जानकीबाट अहिलेसम्म चारवटा नमूना पठाएकोमा सबै नगेटिभ नै आएको उनले बताए ।
राप्तीसोनारीमा अहिले २४ जना नागरिक क्वारेन्टाइनमा छन् । समस्या उहि र उस्तै छ । यहाँ उनीहरूको नमूना परीक्षणका लागि कुनै प्रयास भएको छैन् । यतिसम्मकी उनीहरूको स्वास्थ्य जाँच समेत नियमित हुन सकेको छैन् । तापक्रम लिने गरिएको छ यहाँका फोकल पर्सन बिष्णुप्रसाद चुडालीले भने ‘परीक्षणका लागि नमूना भने पठाएको छैन् ।’
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट अहिलेसम्म ५१ वटा नमूना परीक्षणका लागि पठाएको स्वास्थ्य शाखाका कर्मचारी रोहित थापा बताउँछन् ।
बाँकेको कोहलपुर नगरपालिका सहितका ६ वटा गाउँपालिकामा भारतबाट आउनेको संख्यालाई हेर्दा क्वारेन्टिनमा राखिएको र नमूना परीक्षणका लागि पठाइएका संख्या एकदमै न्यून भएको उपमहानगरपालिका अन्तर्गत जनस्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्द बताउँछन् ।
उनकाअनुसार बाँकेको समग्र जनसंख्यालाई हेर्दा कोरोना संक्रमणको जोखिम यसरी देखिएको अवस्थामा अहिलेसम्म केही नभएर पाँचसय बढी नमूना परीक्षणका लागि पठाईसक्नुपर्ने हो । तर, बाँके जिल्लाबाटै अहिलेसम्म ६० हाराहारीमा मात्र परीक्षणका लागि नमूना राजधानी पठाईएको छ । उनकाअनुसार जनसंख्याको आधारमा यो एकदमै न्यून हो ।
सरकारले क्वारेन्टिनमा रहेका सवैको नियमित स्वास्थ्य जाँच गर्ने, त्यसको रेकर्ड राख्ने तथा १४ दिन पुगिसकेपछि घर जान दिने व्यवस्था गरेको छ । घरजान लाग्दा पनि क्वारेन्टिनमा रहेका ब्यक्तिको अनिवार्य स्वास्थ्य जाँच गरिनुपर्ने ब्यवस्था छ । यस्तो व्यवस्था गर्दा सम्म पनि बाँकेमा रहेका क्वारेन्टिनमा सम्बन्धित पालिकाले अटेरी गरिरहेकाछन् ।