काठमाण्डौंबाट बाहिरन खोज्नेलाई भोली र पर्सी सुनौलो मौका


काठमाण्डौंबाट बाहिरन खोज्नेलाई भोली र पर्सी सुनौलो मौका

File Photo

नेपालगन्जः कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनमा काठमाण्डौं रोकिएकालाई बाहिर जान दिइने भएकोछ ।

सरकारले भोली र पर्सी काठमाडौं बाहिर जान चाहनेका लागि छुट दिने व्यवस्था मिलाएसगैं काठमाण्डौंमा रोकिएका उपत्यका बाहिर जान पाउने भएकाछन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा समन्वय समितिको आज बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । तर, यो अवधिमा उपत्यका बाहिरका भने काठमाण्डौं प्रवेश गर्न पाउनेछैनन् ।

जसका लागि स्थानीय तहको समन्वयमा सरकारले काठमाडौं बाहिर जान चाहनेका लागि विभिन्न ठाउँमा गाडीको व्यवस्था समेत मिलाएको छ ।

११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् । लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।

काठमाडौंबाट बाहिर जान पाए पनि काठमाडौं प्रवेश गर्न भने नपाइने समितिले निर्णय गरेको छ ।