नेपालगन्ज : कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनमा काठमाण्डौं रोकिएकालाई बाहिर जान दिइने यसअघिको निर्णय रद्द गरिएकोछ ।
सरकारले भोली र पर्सी काठमाडौं बाहिर जान चाहनेका लागि छुट दिने व्यवस्था मिलाएसगैं काठमाण्डौंमा रोकिएका उपत्यका बाहिर जान पाउने भएका थिए । तर, लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोली र पर्सी उपत्यका बाहिर जान दिने निर्णय परिवर्तन गरिएकोछ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो ।
बिना तयारी सरकारले यस्तो निर्णय गरेको भन्दै ससामाजिक सञ्जाललगायत सरोकारवाला निकायसहितले विरोध गरेपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ ।
कुनै पनि पनि सरोकारवाला निकायसँग छलफल नगरी हतारमा गरिएको निर्णयका विषयमा कुनै पनि निकायलाई जानकारी नदिएको र आफूहरु तत्काल सहयोग गर्ने अवस्था नरहेको भन्ने प्रतिक्रिया पछि सरकार पछि हटेको हो ।
सरकारले यसअघि यातायात व्यवसायी महासंघ र स्वास्थ्य अधिकारीहरुसँग छलफल नै नगरी निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको थियो ।
यो पनि पढ्नुस्