कोरोना कहर: साढे ९५ हजारको मृत्यु, १६ लाख बढि संक्रमित


कोरोना कहर: साढे ९५ हजारको मृत्यु, १६ लाख बढि संक्रमित

नेपालगन्जः कोरोना भाइरसबाट यतिबेला विश्वभर ज्यान गुमाउनेको संख्या साढे ९५ हजार नाघेको छ । शुक्रबार बिहान ८ बजेसम्म कोरोनाका कारण ९५ हजार ७ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।

११ लाख ५१ हजार ३ सय ६९ जनामा अहिले कोरोनाको संक्रमण देखिएकोमा ४९ हजार १ सय २७ को अवस्था गम्भीर रहेको र बाँकीको अवस्था मध्यम रहेको प्राप्त तथ्यांकमा उल्लेख छ । अहिलेसम्म ३ लाख ५६ हजार ६ सय ५६ जनाका उपचार पछि स्वस्थ्य भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १८ हजार २ सय ७९ जनाको ज्यान भइसकेको छ । अमेरिकामा १६ हजार ६ सय ९६, स्पेनमा १५ हजार ४ सय ४७ तथा फ्रान्समा १२ हजार २ सय १० को मृत्यु भइसकेको छ ।

कोरोना भाइरसको केन्द्रविन्दु चाईनामा अहिलेसम्म कोरोना भाइरसका कारण ३ हजार ३ सय ३६ जनाले ज्यान गुमाइसकेकाछन् भने ८१ हजार ९ सय ७ जना कोरोना भाइरस संक्रमित छन् । चाईनाले पछिल्लो समय लक्षण नदेखिएको कोरोना भाइरस संक्रमितको खोजी गरिरहेकोछ ।

यस्तै छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ सय २७ पुगेकोछ भने ६ हजार ७ सय २५ जना संक्रमित भएकाछन् ।

कोरोना भाइरसले विश्वनै आतंकित बनाइरहेको अवस्थामा नेपालमा भने अहिलेसम्म ९ जनामा कोरोना भाइरस संक्रमण देखिएकोछ । जसमध्ये एक जना उपचारपछि स्वस्थ्य भइसकेका छन् । बाँकी ८ जनाको उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।