क्वारेन्टिनमा बस्नेहरु थपिदै


क्वारेन्टिनमा बस्नेहरु थपिदै

File Photo

धनगढी: सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा व्यवस्था गरिएका क्वारेन्टिनमा शङ्कास्पद बिरामी थपिने क्रम बढ्दै गएको छ ।

शुक्रबारसम्म जम्मा ५६ बालबालिकासहित दुई हजार ५१३ क्वारेन्टाइनमा बसेका छन् । बिहीबारसम्म क्वोरेन्टाइनमा ५६ बालबालिकासहित दुई हजार ४६६ बसेको तथ्याङ्क थियो ।

यस्तै बिहीबारसम्म १७ विभिन्न अस्पतालको आइसोलेसनमा बसेकोमा शुक्रबार दुई जना थपिएका छन् । आइसोलेसनमा बसेकामध्ये ५८ सामान्य उपचारपछि फर्किएको जनाइएको छ । -रासस