मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको ‘भर्चुअल’ बैठक


मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको ‘भर्चुअल’ बैठक

काठमाडौं: कोरोना भाइरस विरुद्ध तीनै तहका सरकारले सबै शक्ति लगाएर काम गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत छलफल गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारको वार रुमबाट प्रधानमन्त्रीले टेलिप्रिजनेसमार्फत मुख्यमन्त्रीहरुसँग कोरोना भाइरस महामारी विरुद्धको लडाइका बारेमा छलफल गरेका हुन् ।

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले काम गर्ने क्रममा आइपरेका समस्याहरुको समाधानका बारेमा पनि छलफल गरिरहेका छन् ।

भर्चुअल बैठकमा सातै प्रदेशमा मुख्यमन्त्री सहभागी छन् । उनीहरूले अहिलेसम्म आ–आफ्ना प्रदेशमा कोरोना सङ्क्रमण रोक्न गरेका कामहरूको ब्रिफिङ गरेका छन् ।

सातै प्रदेशमा ल्याब स्थापना भइसकेको अवस्थामा कोरोना परीक्षणको दायरा कसरी बढाउन सकिन्छ, सङ्क्रमण फैलिइहाले रोक्न प्रदेश सरकारले के, कस्तो तयारी गरिरहेको छ भन्ने विषयमा छलफल भइरहेको बुझिएको छ ।