File Photo
बर्दिया: नेपाल–भारत सीमा नाकाका क्षेत्रमा सच्च सर्तकता अपनाइएकोछ । नेपालसँग सीमा जोडिएको भारतको उत्तरप्रदेशमा कोरोना संक्रमण बढदै गएपछि बर्दियाको सीमा नाकामा उच्च सतर्कता बढाइएको हो ।
बर्दिया जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सीमा पूर्ण रुपले शील गरिएको छ । सीमानाकाबाट लुकीछिपी आवतजावत गर्ने स्थान पहिचान गरी त्यस्ता ठाउँमा सुरक्षा चेक पोस्ट खडा गरिएको हो ।
सीमा क्षेत्रमा पर्ने बर्दियाका ८७ वटा चेक पोस्टमा झण्डै ८ सय सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक यादव विकले जानकारी दिए । भारतको उत्तर प्रदेशसँग बर्दियाको ८३ किलोमिटर क्षेत्र पर्छ । यस क्षेत्रमा झण्डै एक–एक किलोमिटरको दूरीमा चेक पोस्ट खडा गरिएको छ ।
सुरक्षा निकायले २४ सै घण्टा निगरानी बढाएका हुँदा बर्दियामा भएको सुरक्षा बल अपुग भएपछि बाहिर जिल्लाबाट थप बल १ सय ५० जनाको संख्यामा सशस्त्र प्रहरी मगाइएको छ । सुरक्षा टोलीले सीमावर्ती क्षेत्रमा मोबाइल गस्तीसमेत बढाएको उपरीक्षक विकले बताए ।
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि बर्दिया जिल्लाका केही गाउँमा नेपाली सेनाहरु पनि तैनाथ गरिएका छन् । छिमेकी जिल्ला कैलाली र सीमावर्ती उत्तरप्रदेशमा कोरोना भाइरस संक्रमित व्यक्तिहरु भेटिएपछि भारतीय सीमा पूर्ण रुपले लक गर्ने, छिमेकी जिल्ला कैलालीसँग आवागमन ठप्प पार्ने, स्थानीय तहबीच पनि आवागमन रोक्ने प्रशासनको रणनीति छ ।
कोरोना संक्रमण फैलिनबाट जोगिन स्थानीय तहमा सचेतना जोगाउने कार्यहरु पनि भएका छन् । जसका कारण बर्दियाको सीमावर्ती बलैगाउँ, मूर्तिहा, बिछिया, तिकुनियालगायत भारतीय बजारमा नेपालीको आवतजावत बढी हुने गर्छ । ती नाकामा उच्च सतर्कता बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।