विश्वभर कोरोनाबाट १४ नेपालीको ज्यान गयो


विश्वभर कोरोनाबाट १४ नेपालीको ज्यान गयो

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वभर १४ जना नेपालीको ज्यान गएकोछ ।

विश्वभर फैलिएको कोरोना भाइरस महामारीबाट शनिवार साँझसम्म १४ जना गैरआवासीय नेपालीले ज्यान गुमाएका हुन् । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमणबाट १४ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसका कारण बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ गरि १४ जना नेपालीको ज्यान गएको एनआरएनए उच्चस्तरिय स्वास्थ्य समितिले जनाएकोछ ।

हालसम्म विश्वभर रहेका ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित छन् ।

विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्वारा प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारिएको हो ।