सद्भाव ग्रुपद्वारा ४० पत्रकारलाई एन–९५ मास्क प्रदान


सद्भाव ग्रुपद्वारा ४० पत्रकारलाई एन–९५ मास्क प्रदान

नेपालगन्ज: कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपालगन्जमा रहेको सद्भाव ग्रुप प्रालिले मास्क वितरण गरेकोछ ।

सद्भाव ग्रुप प्रालिका अध्यक्ष दामोदर भण्डारीले कोरोना संक्रमणको अवधिमा आफ्नो ज्यानलाई बाजी लगाएर फिल्ड रिर्पोटिङ्गमा खटिरहेका बाँकेका क्रियाशिल पत्रकारलाई मास्क वितरण गरेको बताए । उनकाअनुसार गु्रपले २० हजार रुपैयाँको गुणस्तरिय एन–९५ मास्क वितरण गरिएको छ ।

बाँकेमा रहेर विभिन्न सञ्चारमाध्यममा क्रियाशिल ४० जना पत्रकारलाई प्रालिका अध्यक्ष भण्डारीले सद्भाव राष्ट्रिय दैनिकको कार्यालय परिसरबाट मास्क वितरण गरेका हुन् ।

कोरोना भाइरस संक्रमणको रिर्पोटिङ्गमा अहोरात्र खटिने पत्रकारको सुरक्षालाई मध्यनजर गर्दैै ग्रुपको लगानीमा मास्क वितरण गरिएको हो । सद्भाव ग्रुपका अध्यक्ष भण्डारीले भने–‘मिडिया हाउस तथा पत्रकार महासंघ आफै अग्रसर भएर पत्रकारका लागि केही गर्नुपर्ने अवस्थामा त्यसो नहुँदा हामीले अग्रसरता दिएका हौं ।’

चिकित्सकका अनुसार एन–९५ मास्कले कोरोना भाइरस संक्रमणलाई शतप्रतिशत रोक्ने बताउँछन् । कोरोना भाइरस संक्रमण रोकथामका लागि एक मात्र उपयुक्त एन–९५ मास्कले फिल्डमा अहोरात्र खटिने पत्रकारका लागि केही राहत हुने अध्यक्ष भण्डारीले विश्वास ब्यक्त गरे ।

मास्क वितरणमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कान्तिपुर दैनिककी मधु शाही, महासंघ बाँकेका निर्वतमान अध्यक्ष एवंम नेपाल टेलिभिजनका रुद्र सुवेदी, पूर्व कोषाध्यक्ष एवंम नयाँ पत्रिकाका विश्वराज पछल्डङ्ग्या, महासंघ बाँकेका सह–सचिव एवम राससका काशीराम शर्मा, न्यूज २४ टेलिभिजनका प्रदेश प्रमुख कृष्ण खनाल, अन्नपूर्णका ब्यूरो उपप्रमुख शंकर खनाल, कान्तिपुर टेलिभिजनका रेजिना मल्ल, काँचुली खबरका सम्पादक गजेन्द्र गुरूग, सेतोखरीका कार्यकारी संम्पादक कमल न्यौपाने, रेडियो सद्भावका स्टेसन प्रमुख नविन गीरी, माउण्टेण्ट टेलिभिजनका निशा शाह, जनता टेलिभिजनका रविन्द्र सिंह, प्राइम टेलिभिजनका भीम पौडेल, रेडियो बागेश्वरीका भिष्म लोध, नागरिक समाजका सम्पादक रामु ओली, अनलाईन खोजखबरका जाबेद अन्सारी, सद्भावका सहसम्पादक विजय मल्ल तथा नेपालगन्ज ग्यालरीका एडमिन समीरमान श्रेष्ठ लगायतका ४० जनालाई प्रदान गरिएको थियो ।

सद्भाव ग्रुपका प्रबन्ध निर्देशक रवि कनोजियाले मास्क वितरणमा सहभागि पत्रकारलाई स्वागत गरेका थिए । कोरोनाको जोखिममा अझै पनि बाँके उत्तिकै देखिएको र यहाँका आम पत्रकारहरु दैनिक जोखिम मोलेर रिर्पोटिङमा जाने भएकोले उनीहरुको जोखिम केही हदसम्म कमगर्न ग्रुपले उक्त मास्क वितरण गरेको हो । अनलाईन, टेलिभिजन, रेडियो तथा पत्रपत्रिकाका क्रियाशिल ती पत्रकारलाई एन–९५ मास्क प्रदान गरिएको हो ।

सद्भाव ग्रुप प्रालि अन्र्तगत सद्भाव राष्ट्रिय दैनिक, रेडियो सद्भाव, सेतोखरी, सद्भाव प्रिटिङ्ग प्रेस र सद्भाव कलर हाउस रहेकाछन् ।